मेलबर्नमा नेपाली आमा र छोरीको मृत्यु

मेलबर्नमा एक नेपाली महिला र उनकी छोरी मृत फेला परेका छन्। भिक्टोरिया प्रहरीका अनुसार मृत फेला पर्नेमा एक ३९ वर्षिया महिला र उनकी ३ वर्षकी छोरी छन्। उनीहरू उत्तरी मेलबर्नको आस्कनास्की एभेन्यु पास्कोभेलमा रहेको आफ्नै बस्ने मृत अवस्थामा भेटिएका हुन्। भिक्टोरिया प्रहरीले उनीहरूको मृत्युको अनुसन्धान गरिरहे पनि अहिलेसम्म उनिहरूको मृत्यु सम्बन्धमा कसैको संलग्नताबारे केही खुलाएको छैन।मेलबर्नमा नेपाली आमा र छोरीको मृत्यु

हेराल्ड सनले उनीहरूका छिमेकी जोनी बेललाई उदृत गर्दै मृतकको परिवार शान्त स्वभावको रहेकाले यस खालको दुर्घटना छिमेकीहरूका लागी असामान्य र अनौठो रहेको उल्लेख गरेको छ।

द एजले भने उनीहरूको अर्की छिमेकी केट वाकरलाई उदृत गरेको छ, वाकरका अनुसार मृतकको परिवारमा झगडा भएको नसुनेको र आफुले मृतक महिला खुसी नै पाएको बताएकी छिन्।

ससेक्स स्ट्रिट सपिङ स्ट्रीपमा ‘मिल्क बार’ संचालन गर्ने शेर्लीले आफ्नो पसलमा निक्कै कम आउने ती महिलाको परिवार करिब पाँच वर्ष देखी त्यहाँ बसोबास गर्दै आएको द एजलाई बताईन्।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

५० प्वाईन्टमा नै सम्भव छ अष्ट्रेलियामा पीआर - NepaliPage

के सजिलो छ? न्यूसाउथवेल्सको ४९१ को नोमिनेसन

अष्ट्रेलियाले आफ्नो आप्रवासी भित्र्याउने नीतिमा परिवर्तन गरेपछी पछिल्ला केही वर्ष देखी अष्ट्रेलियाको पीआर पाउनुलाई एउटा लक्षका रूपमा राखेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पीआर पाउनु मुस्किलको कुरा भएको छ। विशेष गरेर आफ्नै दक्षता र क्षमताले नै पाउन सकिने उपवर्ग (सवक्लास) १८९ भीजाका लागी प्रतिस्पर्धा आम क्षमता भन्दा माथि हुनथालेपछी 'स्टेट नोमिनेसन'का लागी तोकिएका शर्तहरू पुरा गर्नु नै यतिखेर अष्ट्रेलियाको पीआर पाउने एकमात्र बाटो देखिएको छ धेरैका लागी। त्यसैले केही लचक व्यवस्था भएका राज्यहरूमा सिड्नी, मेलबर्न लगायतका शहरमा बसेर पढेकाहरू तासमानिया, नर्दन टेरिटोरी, क्यानबेरा लगायतका राज्य तथा तिनका रीजनल शहरहरूमा सर्न थालेका छन्। यसरी सिड्नी लगायत न्यूसाउथवेल्समा रहेका विद्यार्थीहरू अन्य राज्यमा सर्न थालेको अवस्थामा न्यूसाउथवेल्सले आर्थिक वर्षको अन्त्यमा आएर आफ्नो रीजनल माईग्रेनसका लागी नोमिनेसन खुला गरेको छ। गत वर्षको नोभेम्बरमा ग्रामिण अष्ट्रेलिया केन्द्रीत गरेर सुरू गरिएको उपवर्ग ४९१ को भीजा प्रक्रिया अन्य राज्यले सुरू गरेर न्यूसाउथवेल्सबाट सरेर गएकाहरूले समेत पाईसक्दा पनि प्रक्रिया सुरू नगरेको न्यूसाउथवेल्सले आर्थिक वर्षको अन्त्यमा एकैपटक नोमिनेसन खुलायो।  एक साताका लागी मात्र निवेदन खुलाएको न्यूसाउथवेल्सले, पहिले तोकेको शर्तहरूमा पनि तत्कालै संसोधन गरयो जसले गर्दा न्यूसाउथवेल्सको रीजनल स्किल भीजा पाउने संभावना धेरैले सोचेको भन्दा निक्कै सजिलो महसुश गरिएको छ। केही माईग्रेसन एजेन्टले त यसलाई थालीमा सजाएर दिईएको 'केक' नै समेत भनेका छन्।