सस्तो मोबाईल प्लान, १० डलरमा १ जिबी डाटा अनलिमिटेड कल

अष्ट्रेलिया आएपछी पैसा कमाउनमा जोड भएपनि जोगाउनमा हामी खासै ध्यान नै दिँदैनौं। सित्तैमा हुने भिजा अप्लाई गर्न समेत २५० देखी ७५० सम्म खर्च गर्छौं किनकी हामीलाई त्यसमा लाग्ने समय नै छैन। सिफ्टको मुस्किलले हुने २०० डलरकै पछी लाग्नमा हतार हुन्छ र सानो कामको लागी दुई देखी तिन दिनको कमाई फाल्छौं।

सस्तो मोबाईल प्लान, १० डलरमा १ जिबी डाटा अनलिमिटेड कल
पछिल्लो समय प्रिपेड मोबाईलमा नि धेरै डाटा र कल सुविधा उपलब्ध हुन थालेको छ। उदाउँदो अनलाइन सपिंङ साइट कोगानको यो मोबाइल प्लान एउटा उदाहरण मात्र हो।

मोबाईल लिने भनेपछी हामी धेरैले ‘भोडाफोन’को प्लानमा आईफोन समातिहाल्छौं। पहिले पहिले आएका नेपालीहरुले भोडाफोन लिएको अनि सुरूसुरूमा भोडाफोन टु भोडाफोन फोन गरेको पैसा नलाग्ने अनि आईफोन पनि हुने भएकाले पनि हुन सक्छ धेरै नेपालीहरुले भोडाफोन नै लिने। त्यसो त भोडाफोनको प्याकेजमा मिल्ने क्रेडिटले नेपाल फोन गर्दा प्याकेजको तिर्नुपर्ने मासिक शुल्क बाहेक अरू नलाग्ने (धेरैलाई यो सित्तैमा गर्न दिएजस्तो हुन्थ्यो क्रेडिट लिमिटमा बस्दा सम्म)। यतिखेर चाहीँ एमएलएम (मल्टिलेबल मार्केटिङ भनेपनि काम चैं नेटवर्किङ नै हो) बिजनेस ‘एसिएन’मा लागेकाको ‘स्ट्रङ रिकमेन्डेसन’ र केही डाटा धेरै पनि मिल्ने भएकाले भोडाफोनको प्लानमा फोन लिनेको संख्या राम्रै छ। (धेरै नेपालीले बिजनेसको अवसर, आर्थिक तनावबाट मुक्ति दिने व्यवसायको मोडल भनेर भन्ने मल्टिलेबल मार्केटिङको सपनाबारेको यो लेख पढ्नुस ‘अष्ट्रेलियामा करोडपति सपना !‘)

मोबाईल लिंदा धेरैले पोष्टपेड वा प्रिपेड के लिंदा फाईदा छ भन्ने कुराको हिसाब नै गरेको हुँदैनन्। जसको कारण समान डाटा र कलका लागी पोष्टपेड मोबाईल प्लानमा लिनेले धेरै महँगो पैसा तिर्नुपर्छ। हुन त सुरूमा कत्तिपनि पैसा नतिरी आईफोन सेभेन, सेभेन प्लस लिन पाईने र २४ महिना सम्म ८० देखी १०० डलर तिरे पुग्ने यति भएपछी हामी धेरैलाई यो अफर आकर्षक लाग्छ। त्यसमा पनि हामी नेपाली धेरैको तुलना गरेर किन्ने भन्ने सोच अलिक कम नै छ, थोडी हामी अजी हौं र! ५-१० डलर सस्तो महँगोमा तुलना गर्नलाई उता काममा जान ढिलो भईसक्छ।अष्ट्रेलिया आएपछी पैसा कमाउनमा जोड भएपनि जोगाउनमा हामी खासै ध्यान नै दिँदैनौं। सित्तैमा हुने भिजा अप्लाई गर्न समेत २५० देखी ७५० सम्म खर्च गर्छौं किनकी हामीलाई त्यसमा लाग्ने समय नै छैन। सिफ्टको मुस्किलले हुने २०० डलरकै पछी लाग्नमा हतार हुन्छ र सानो कामको लागी दुई देखी तिन दिनको कमाई फाल्छौं। तर याद राख्नुपर्ने कुरा के हो भने ‘जोगाउनु भनेको पनि कमाउनु नै हो’

 

मौकामा हिरा फोड्नु, बेमौकामा कौडी नछोड्नु‘ भन्ने हजुरबाको भनाई बिर्सिसकेका छौं हामीले त्यसैले फोन, ईन्सोरेन्स, तेल, ग्रोसरी जस्ता कुराहरू किन्दा हुनसक्ने बचत माथि जहिले पनि आँखा चिम्लिरहेका हुन्छौं। किनभने हामीले स्कुलमा पढेको कुबेेरको कथालाई ‘बाल’ हानिसकेम।

पछील्लो समय भोडाफोनको प्याकेज सकिएपछी मैले सस्तो प्लानको खोजी गर्ने क्रममा ‘कोगान मोबाईल’ फेला पारें जस्को मासिक डाटा पनि धेरै छ र लाग्ने पैसा पनि कम छ। पछील्लो समय यो कम्पनिले ल्याएको प्लान धेरै नेपाली विद्यार्थी र कामकाजीका लागि सस्तो मात्र हैन अति नै सस्तो छ। एकवर्षको रिचार्ज गर्ने हो भने मासिक १० डलर ३६ सेन्टमा १ जिबी डाटा र अष्ट्रेलिया भित्र अनलिमिटेड कल र टेक्स्ट। त्यसका लागी तिर्नुपर्ने भनेको सुरूमै १२५ डलर ९३ सेन्ट हो जुन एक वर्षको रिचार्जको एकमुष्ट हो।त्यसैगरी सुरूमै २१० डलर जति तिर्ने हो भने १२ महिना सम्म मासिक ३ जिबी डाटा चलाउन पाईन्छ, ८ जिबी डाटाका लागी २८० डलर र १२ जिबी डाटाका लागी ३७१ डलर सुरूमै रिचार्ज गर्नुपर्छ। कोगान माोबाईलको वेबसाईटमा जानुस् थप जान्नका लागी (यहाँ क्लिक गर्नुस्) कोगानको सेवा भएपनि नेटवर्क भने भोडाफोनको नै हो।

कसरी पर्छ सस्तो?

सामान्य उदाहरणको लागी तपाईंलाई ५-७ जिबी डाटा सहितको आईफोन चाहिएको छ। भोडाफोनको प्याकेजमा ६ जिबी डटाको प्लान लिनुभयो भने ७० डलर जति प्याकेजको पर्छ (२४ महिनाको अनुबन्धमा) र आईफोन सेभेन (३२ जिबी)को १५ डलर मासिक। यसरी आउने प्याकेजमा हुने कल क्रेडिटबाट नेपाल फोन गर्न नपाईने भएकाले प्रिपेडमा मिल्ने अष्ट्रेलियाभर गर्न सकिने फ्रि र यसमा आउने क्रेडिटमा खासै धेरै अन्तर हुँदैन। (नेपालबाहेक अरू देशमा फोन गर्नुपर्नेको लागि भने अवस्ता फरक हुनसक्छ तर ल्याण्डलाईनमा १० डलरको प्याकेज जोड्नेहो भने भोडाफोनले भनेका ‘सेलेक्टेड कन्ट्री’हरूमा अनलिमिटेड कल गर्न सकिने अप्सन पनि पाईन्छन्)। कोगानकै वेबसाइटबाट आईफोन सेभेन ३२ जिबीको लिनुभयो भने करिब ९ सय डलरमा आउँछ र २८० डलरमा एक वर्षको ८ जिबीको प्रिपेड फोन प्याकेज (अर्को साल पनि यस्तै सस्तोमा पाईन्छ, यो भन्दा अझ कममा आउला)। यसरी दुईको तुलना गर्नुभयो भने भोडाफोनको प्याकेजमा लिँदा आईफोन सहित मासिक डाटाको २४ महिनामा करिब २१ सय डलर तिन्नुपर्छ भने प्रिपेडमा किन्दा करिब १४ सय डलर। दुई वर्षमा करिब ६-७ सयको फरक।

यहाँबाट हेर्नुस् भोडाफोनको २४ महिने प्लानमा कसरी समान सेवाका लागी धेरै पैसा तिर्नुपरयो न्युजडटकमडटएयुको आलेख (यहाँ क्लिक गर्नुहोस्)

यहाँबाट गर्नुस तुलना कुन प्लान सस्तो पर्छ

(यी कुनै पनि वेबसाइटमा आफ्नो निजी जानकारी राख्नु अघि आवश्यक हो की हैन र पार्ने फरकबारे पहिले सोच्न सुझाव दिइन्छ)

केही महिना पहिले कोगानले नै यस्तो सस्तो अफर ल्याएको थियो ११ डलरमा मासिक ५ जिबी डाटा दिने गरेर :

मोबाईलमा सेभिङ: कुन मोबाईल लिने?

केही समय अगाडी अर्को एक मोबाईल सेवा प्रदायक भाया ले मासिक १६ डलरमा १ जिबी डाटा र अनलिमिटेड कल दिँदा न्युजडटकमडटएयुले अष्ट्रेलियाको सबैभन्दा सस्तो मोबाईल सेवा भनेर समाचार नै छापेको थियो। (यहाँबाट हेर्नुहोस्) जुन अति प्रतिस्पर्धी मुल्य हो कोगानले समान डाटा र कलको लागी भाया भन्दा ९० सेन्ट बढी लिन्छ।

ध्यान दिनुपर्ने कुरा

प्रिपेड मोबाईलको बजारमा निक्कै प्रतिस्पर्धा छ अष्ट्रेलियामा। मासिक रुपमा विभिन्न सेवा प्रदायकले अफर ल्याईरहेका हुन्छन्। जसको मुल्य आकर्षक हुन्छ तर ध्यान दिनुपर्ने कुरा के हो भने कतिपय सेवा प्रदायकको प्याकेज २८ दिनको मात्र हुन्छ। केही समय अघि सस्तो मानिएको एमायसिम ले प्याकेजको मुल्य घटाएर प्याकेजको भ्यालिडिटी समय एक महिनाबाट २८ दिनमा झारेको कुराले मिडियामा राम्रै स्थान पाएको थियो। लाईका, लिबेरा लगायत केही प्रिपेड मोबाईल सेवा प्रदायकको प्लान २८ दिनको लागी मात्र पनि छ। त्यसैले प्रिपेड प्याकेज लिँदा ३० दिनको भ्यालिडिटी भएको लिनु उचित हुन्छ। नत्र अन्तिमका दुई दिनले प्याकेजलाई महँगो पार्छ।

यहाँबाट हेर्नुस अष्ट्रेलियाका मोबाईल प्रयोगकर्ताले रूचाएको सेवा प्रदायक (यो हो अष्ट्रेलियाको सबैभन्दा राम्रो मोबाईल)

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

यो हो अष्ट्रेलियाको सबैभन्दा राम्रो मोबाईल

अष्ट्रेलियामा मोबाईल सेवा राम्रो छ उत्कृष्ठ छ अनि अर्को सबैभन्दा राम्रो भनेको छनौटको अवसर पनि धेरै छ। नेपालमा पो हामीसँग एनटीसी र एनसेल मात्र थिए त। एनटीसीको सेवा नै खराब, एनसेल चलायो बढी पैसा काटिने पैसा सक्किएर तनाब। यहाँ नेपालमा जस्तो तनाब नभए पनि आफ्नो आवश्यकता पहिचान गरेर सही मोबाईल प्लान छनौट गरेन भने चैं पैसा बेकारमा धेरै खर्च हुन्छ। त्यसो त अरूले ५० डलरमा पाएको जति सुविधाका लागी ८० देखी १०० डलर महिना सम्म तिर्नुपर्ने हुनसक्छ त्यो पनि एक वा दुई महिनाको लागी होईन दुई वर्ष अर्थात् २४ महिना सम्मको लागी। किनकी तपाईं हामी धेरैलाई आईफोन चाहिएको छ अनि त्यसको लागी सबैभन्दा सजिलो भनेको भोडाफोन वा टेलष्ट्राको प्याकेज किन्नु हो। सुरूमा कत्तिपनि पैसा तिर्नु नपर्ने भएकाले सबैका लागी आईफोन वा सामसुङकै पनि नयाँ र भरखर आएको फोन लिने अवसर पनि हो यो। त्यसमा पनि नेपालबाट अष्ट्रेलिया अष्ट्रेलिया आईसकेपछी आइफोन पनि लिएन भने! सक्केन। नेपालबाट आएका साथीभाईलाई यहाँका आफन्त, साथीभाईले पनि भोडाफोन लि न भनि हाल्छन, कतिले सँगै लगेर किन्न सहयोग नि गर्छन्। त्यसरी नेपालबाट आएकालाई भोडाफोन किन्न सिफारिस गरेर सँगै जानेलाई स्टोरले २० डलर जतिको सामान गिफ्ट पनि दिन्छ। अर्को भनेको एसीएनका आईबीओ बनेका सिड्नी अिन अष्ट्रेलियामा केही समय देखी बसेका दाजुभाईले केही थप डाटा र सुविधाका साथ आफुबाट भोडाफोन ज्वाइन गर्न नि सुझाव दिन्छन्। सिधै भोडाफोनको स्टोरमा जानुभन्दा एसीएनका आईबीओबाट फोन लिन अलिकति फाईदाको देखिन्छ।