कम पैसामा काम लगाउनेले नेपाली यूवालाई ५० हजार डलर तिर्ने

तोकिएको मापदण्ड भन्दा कम ‘पे’मा काम लगाएर श्रम शोषण गरेको एक कम्पनिले नेपाली युवा सहितका क्लिनरलाई एकलाख ५० हजार डलर तिर्ने भएको छ। एज्ड केयरहरूमा क्लिनिङको काम गर्ने कम्पनि ‘गार्जियन प्रोपर्टी सर्भिसेज’ले नेपाली युवा आशिष परियार सहितका क्लिनरलाई उक्त रकम परिपूर्ति गर्ने भएको हो। एबीसीमा प्रकाशित समाचार अनुसार सो कम्पनि नेपाली युवा आशिष परियारलाई ५० हजार अष्ट्रेलियन डलर र अर्का एक क्लिनरलाई ४० हजार डलर तिर्न सहमत भएको छ।
काम खोज्दै हुनुहुन्छ? यहाँबाट रिजुम डाउनलोड गरेर एप्लाई गर्नुस्  

कम पैसामा काम लगाउनेले नेपाली यूवालाई ५० हजार डलर तिर्ने - NepaliPage
श्रम शोषणमा परेका नेपाली युवा आशिष परियार ! उनलाई उनले काम गरेको कम्पनिले ५० हजार डलर परिपूर्ति गर्ने भएको छ ! तस्विर: लाउरा/एबीसी न्युज

 

एंग्लीकेयर एज्ड केयरमा क्लिनिङको काम गर्ने नेपाली युवा परियारलाई कम्पनिले तिन वर्ष देखी घण्टाको १४ डलरको दरले काम लगाईरहेको थियो। उनीहरूलाई सुपरएनुएसन, पे स्लिप साथै वार्षिक बिदाको कुनै सुविधा दिइएको थिएन। एंग्लीकेयरको वारिङउड एज्ड केयर फेसिलिटीमा काम गर्ने परियारले पटक पटक गार्जियनसँग उनको कम ‘पे’को बारेमा कुरा उठाउँदा पनि सुनुवाइ नभएको एबीसीलाई बताएका छन्।

लामो समय सम्म कम ‘पे’मा काम गरेका उनले कम्पनिबाट आफ्नो कुराको सुनुवाइ नभएपछी ‘हेल्थ सर्भिस युनियन’मा गुनासो गरेका थिए। ‘हेल्थ सर्भिस युनियन’ले यसलाई गम्भिरताका साथ लिएर एज्ड केयरमा क्लिनिङको काम गर्ने कामदारहरूको पक्षमा लबिङ सुरू गरेको थियो। उनीहरूले एज्डकेयर क्षेत्रमा कम ‘पे’ पाउने परियार मात्र नरहेको र उक्त कम्पनिले समस्याको चपेटामा परेका धेरैलाई धम्क्याएर, थर्काएर काम लगाउने गरेको पनि खुलेको थियो।

‘गार्जियन प्रोपर्टी सर्भिसेज’ले एज्ड केयरहरूमा काम गर्ने कामदारहरूलाई न्युनतम ‘पे’ समेत नदिएको खुलेपछी एज्डकेयर सेवा दिने कम्पनि ‘ईस्टिया’ले उसका न्यू साउथ बेल्सका साइटबाट ‘गार्जियन प्रोपर्टी सर्भिसेज’लाई हटाएर आफ्नै क्लिनरहरू नियुक्त गर्न थालेको थियो। परियारले काम गर्ने एज्ड केयरले भने उनलाई ‘अण्डर पे’ गरिएकोबारे अनभिज्ञ रहेको बताएको छ।

एबीसीको समाचार यहाँबाट पढ्नुस् !

यो पनि पढ्नुस् : काममा कम पैसा ! हिसाब र गुनासो दुवै गर्नुस्

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

सेन्ट्रलकोस्टमा भण्डारीको भद्रगोल अष्ट्रेलियन मिडियामा - NepaliPage

सेन्ट्रलकोस्टमा भण्डारीको भद्रगोल अष्ट्रेलियन मिडियामा

अष्ट्रेलियामा घर, यहाँ आउने सबैको सपना हो। अष्ट्रेलियामा घर सबैको सपना भएपनि केहीको मात्र सजिलैसँग …