पोलिन ह्यान्सनको माग ‘विदेशी विद्यार्थीलाई काम गर्न नदेउ’

हरेक जस्तो राजनीतिक तथा सामाजिक मुद्दामा विवादास्पद अभिव्यक्ति दिँदै आएकी अष्ट्रेलियाकी सांसद पोलिन ह्यान्सनले नागरिकता पछी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको धेरै चासो हुने विषय ‘काम’का बारेमा मुख खोलेकी छिन्।अष्ट्रेलियाको राजनीतिक दल ‘वननेसन’की सांसद पोलिन ह्यान्सनले पछिल्लो समय चलिरहेको ‘माईग्रेसन’को राजनीतिक मुद्दासँगै जोडिएको अष्ट्रेलियाको रोजगार बजारको सन्दर्भमा आफू र आफ्नो दलको विचार राख्दै अष्ट्रेलियामा विद्यार्थी भिजामा पढ्न आउने विद्यार्थीहरूलाई काम गर्ने अधिकार दिन नहुने बताएकी छिन्। स्काई न्यूजसँगको अन्तर्वातामा ह्यान्सनले अष्ट्रेलिया पढ्न आउने विदेशी विद्यार्थीहरूले आफ्नो पढाई र खर्चको लागी अष्ट्रेलियामा गर्ने काममा आधारित हुन नहुने तर उनीहरूलाई अष्ट्रेलियामा पढाई भइरहेको समयमा साताको २० घण्टा र पढाइ नहुँदा असिमित काम गर्न दिईनु गलत रहेको बताएकी छिन्। अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई दिएको काम गर्ने अधिकारले अष्ट्रेलियनहरूलाई नै काम पाउन गाह्रो परिरहेको उनको भनाई रहेको छ। उनले अष्ट्रेलियाको नागरिकता र ‘पीआर’का बारेमा राखेको अडान र सार्वजनिक गरेको भनाईहरूले भरखर भरखर अष्ट्रेलिया आएका र अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलियामा काम गर्न तथा स्थायीरूपमा बस्न र नागरिकता पाउनमा हुने ढिलाइलाई इंगित गर्दछ। पछील्लो समय अष्ट्रेलिया सरकारले नागरिकता एवम् पीआरको व्यवस्थामा गर्न खोजेको र गरेको परिवर्तनका कारण पनि धेरै अन्तर्राष्ट्रिय विद्यार्थीलाई आफ्नो अष्ट्रेलियामा गरेको लगानी र भविष्य प्रति चिन्तित बनाएको छ। अष्ट्रेलियामा पीआर पाउनमा ढिलाई र संभावना नदेख्नेहरू पीआरका लागी क्यानडा जान थालेका छन्(यहाँबाट पढ्नुस्)।

यहाँ क्लिक गरेर हेर्नुस् ह्यान्सनको अर्न्तर्वाता 

हालै ‘कमनवेल्थ गेम्स’ को उद्घाटन समारोहको विषयमा व्यक्त गरेको विचारलाई लिएर समेत विवादमा तानिएकी ह्यान्सनले सन् २०१७ अक्टोबर १७ मा सिनेटमा दिएको वक्तव्यमा उनले विद्यार्थी भिजा पाउँदा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफूहरू अष्ट्रेलियामा पढ्न सक्षम रहेको र त्यसको लागी काम गर्नु कुनै आवश्यकता नरहेको प्रमाणित गर्नुपर्ने बताएकी थिइन। उनले सन् २०१६/२०१७ मा डिपार्टमेन्ट अफ बोर्डर प्रोटेक्सनले तिनलाख ४३ हजार ३५ विदेशी विद्यार्थीलाई भिजा दिएको उल्लेख गर्दै विदेशी विद्यार्थीको चापले गर्दा अष्ट्रेलियन विद्यार्थीहरूले सिड्नी, मेलबर्नका विश्वविद्यालयमा आफूलाई विदेशी जस्तो महशुस गर्न परेको बताएकी थिइन।

उनले सिनेट वक्तव्यमा विदेशी विद्यार्थीले अष्ट्रेलियामा कति काम गर्छन् र कति कर तिर्छन् वा तिर्दैनन् भन्ने सरकारलाई नै थाहा नहुने बताएकी थिइन। विदेशी विद्यार्थीहरूले अष्ट्रेलियामा गर्ने मुख्य कामहरू ‘हस्पिटालिटी’, ‘क्लिनर्स एण्ड लण्ड्री वर्कर्स’, ‘सेल्स असिस्टेन्ट’, ‘फुड प्रिपेरेसन असिस्टेन्ट’, ‘फुड ट्रेड वर्कर,’ ‘पर्सनल केयरर’, ‘चेकआउट अपरेटर’, ‘टेरिटरी एजुकेशन टिचर’, ‘अटोमोबाइल’, ‘बस र रेल ड्राईभर’, ‘प्याकर’ र ‘प्रोडक्ट एसेम्बलर’ ‘लोवर स्किल जब’ भएकाले यस्ता कामहरू विशेष गरेर युवा वेरोजगार अष्ट्रेलियनले नै गर्न सक्ने भन्दै उनले अन्तर्राष्ट्रिय विद्यार्थीलाई काम गर्ने अधिकार दिन नहुने बताएकी थिइन। विदेशी विद्यार्थीका कारण अष्ट्रेलियनलाई नै रोजगार नमिलिरहेकोले उनको माग विदेशी विद्यार्थीलाई काम गर्न दिन नहुने थियो। (यहाँबाट पढ्नुस ह्यान्सनले सिनेटमा दिएको वक्तव्यको पाठ)

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …