नेपालबाट कन्सल्टेन्सीबाट पाएको जानकारी, साथीभाईले दिएको हौसला अनि फेसबुकमा देखेको अष्ट्रेलियामा रहेका साथीहरूको चमक दमकले अष्ट्रेलियालाई ‘भाग्यमानी देश’ मानेर काठमाण्डौंको विमानस्थलबाट उडेको एउटा सपना सिड्नीमा अवतरित भएको केही सातामा नै कामको खोजिमा लखतरान भईसक्दछ। किनभने अष्ट्रेलियामा काम र कमाईको कुरा नेपालमा गरे सुने भन्दा फरक नै छ।’राजाका छोरी खेलीखाई बढेका..’ जस्ता नेपाली विद्यार्थीहरू एकै पटक अष्ट्रेलियामा ‘क्लिनिङ’, ‘हाउसकिपिङ’ अनि ‘किचन ह्याण्ड’को शारिरीक फूर्तीका साथ गर्नुपर्ने काममा ‘एडजस्ट’ हुन सजिलै सक्दैनन्। त्यसको लागि दुई चार हप्ता समय लाग्नु पनि जरूरी नै छ। नेपालको ‘ह्याङ ओभर’ पनि सकिनु परयो अनि पढाई र त्यसको ‘फि’ तिर्नका लागी गर्नुपर्ने व्यवस्थापनको जिम्मेबारीले पनि पोल्नुपरयो त्यसपछी त ‘काम भनेको जे पनि गरिन्छ’ भन्ने भनाई वास्तविकतामा परिणत भइहाल्छ। त्यसपछी अष्ट्रेलियाको कुनै पनि शहर चाहे सिड्नी होस् या मेलबर्न या त तासमानियाको होबार्ट नै किन नहोस्। विद्यार्थीले काम नपाउने र नगर्ने भन्ने हुँदैन। किनभने कामको लागी ‘डेडिकेसन’को ‘डोज’ यति धेरै हुन्छ कि त्यस अवस्थामा असम्भव भन्ने नै केही हुँदैन।
अष्ट्रेलियामा आएको केही समय पछी काम पाईन्छ, अलिकता धैर्य पनि गर्नुपर्छ अनि व्यवस्थापन पनि। व्यवस्थापन भनेको पैसाको पनि हो अनि आफ्नो सिपको पनि। अष्ट्रेलिया आईसकेपछीको सुरूको दुई हप्ता भनेको अष्ट्रेलियालाई बुझ्ने यहाँको कामको गति अनि मानिसहरूको शैलीलाई नियाल्ने समय हो। किनभने यो सुरूको समयमा तपाईंले काम खोज्न पनि त्यति दोहोर्नुहुँदैन र काम पाउनु पनि हुँदैन। त्यसो त साथीभाई वा आफन्तले नेपालमा हुँदा देखी नै यस्तो काम गर्नुपर्छ र यसरी गर्ने हो भनेर बुझाएको खण्डमा आएको भोलिपल्ट देखी नै काम पाउने र गर्ने पनि हुनसक्छ। तर पनि सुरूको दुई हप्ता मेलबर्न वा सिड्नी जता भएपनि शहर हेर्नु र यहाँको शैलीलाई नियाल्नु उचित हुन्छ। यही समयमा ‘यूट्युब’मा हेरेर कस्ता काम कसरी गर्ने भन्ने ‘आईडिया’ पनि बनाउन सकिन्छ। त्यसो त अष्ट्रेलियाका मिडिया, अष्ट्रेलियामा भएका नेपालीहरूका ‘फेसबुक ग्रुप’ र सूचना आदान प्रदान गर्ने संजालहरूमा जोडिने समय पनि यही नै हो।
त्यससँगै सुरू गर्नुपर्छ काम खोज्न। काम खोज्ने भनेर ‘डोर टो डोर’ नै जानु पर्छ भन्ने पनि छैन। धेरै जसो कामका सूचनाहरू फेसबुक ग्रुप तथा विभिन्न ‘जबसर्च’ वेबसाइटहरूमा राखिएका हुन्छन्। ‘गमट्री’ अष्ट्रेलियाको सबैभन्दा सजिलो र धेरैले प्रयोग गर्ने वेबसाइट हो काम तथा अन्य आवश्यकता र बिक्रिकालागी। काम मिलाएर खोज्ने हो भने काम पाइएन भनेर फेसबुकमा गुनासो गर्ने अवस्था छैन। तर काम नपाएको बताउने र अष्ट्रेलियामा नेपालीलाई काम खोजिदिने धेरै छन् फेसबुकमा, बढ्दो क्रममा। यध्यपी त्यस्ता काम खोजिदिने र यहाँ काम छ भनेर स्टाटस हाल्नेहरूले मानिसको ध्यान तान्न र हुण्डी तथा कन्सल्टेन्सी गर्नेहरूले व्यवसाय अघि बढाउन बल्छी थाप्ने काम गरेका हुन् भन्नेहरु पनि धेरै छन्। यस्ता पेजहरूबाट ठगिएको र महंगो कोर्समा राम्रोसँग विद्यार्थीलाई नबुझाई सारेको जस्तो आरोप पनि लाग्ने गरेको छ।
हुन त धेरैले आफन्त, साथीभाई र ‘रिफरेन्स’बाट मात्र काम पाईन्छ अष्ट्रेलियामा भन्दछन् तर त्यो मात्र सत्य होईन। सिप, व्यक्तित्व, स्वभाव र शैली सही भयो भने अष्ट्रेलियामा कसैले दुई शब्द नभनिदिएरै पनि काम पाउन सकिन्छ। त्यसका लागी काम खोज्ने तरिका मिल्नुपरयो। मिलेको रिजुम र सकारात्मक स्वभाव साथै नयाँ कुरा सिक्नलाई उत्सुक हुने हो भने अष्ट्रेलियाका रोजगारदाताले तपाईंलाई मन नपराउने र अनुभव खोज्ने भन्ने हुँदैन। बरू चिनेका, नेपाली नै ‘कन्ट्र्याक्टर’, ‘सबकन्ट्र्याक्टर’ले बरू ‘ट्रायल’को नाममा लामो समय सित्तैमा काम लगाउने, उचित पैसा नदिने र कतिपय अवस्थामा पैसा नै खाइदिने समेत भएको पाइन्छ।
त्यसैले अष्ट्रेलिया आएको एक दुई हप्तामा यहाँका रोजगारका सूचना हुने वेबसाइट तथा नेपालीपेज जस्ता अनुभव र शैली साझे गर्ने वेबसाइटहरू पढ्ने र तिनमा दिएका जानकारीहरूलाई पालन गर्दै कामका लागी ‘अप्लाइ’ गरेको खण्डमा काम पाउन गाह्रो हुँदैन। बुझ्नुस्, अष्ट्रेलियामा रोजगारदाताले कुनै पनि आधारमा तपाईंलाई भेदभाव गर्न पाउँदैन र तपाईले पाउने ‘तलब’ यहाँ ‘पे’ भन्ने चलन छ त्यो अरूको भन्दा फरक हुँदैन। क्याजुअलमा काम गर्दा २५ प्रतिशत सम्म बढी ‘पे’ पाइन्छ। त्यसैले आफ्नो नेपालको अनुभव र सिपलाई समेटेर ‘रिजुम’ बनाउनुस् र आफूलाई मिल्ने खालका पदहरूमा आवेदन (अप्लाई) गर्नुस्। अनलाईन अप्लाई गरेर यहाँका कम्पनीहरूमा काम गर्दा उनीहरूले तपाईंलाई भेदभाव गर्ने भन्ने हुँदैन भने ‘ट्याक्स’, ‘सुपर’, ‘इन्सुरेन्स’ लगायतका धेरै प्रणालीमा तपाई जोडिनुहुन्छ। साथै उनीहरूले साप्ताहिक राम्रो पैसा पनि दिन्छन र काम पनि अलिक सजिलो नै हुन्छ। यस्ता कम्पनिमा काम गर्दा करमा पे (तलब) दिने भएकाले ठगिने सम्भावना कम हुन्छ भने अरू काममा भन्दा पैसा पनि धेरै हुन्छ। यहाँ त्यस्ता कम्पनिको रोजगारीको सूचना हुने वेबसाइटको लिंक क्षेत्रगत रूपमा वर्गिकरण गरेर दिइएको छ जसबाट तपाई आफ्ना वरपर भएका कामका अवसरहरू बारे जान्न र उपयुक्तमा एप्लाई गर्न सक्नुहुन्छ:
Websites for General Jobs in Australia
Recruitment Agencies to find a job in Australia
यहाँबाट हेर्नुस्, कोल्स, टार्गेट, बनिङ्स, केमार्टमा भ्याकेन्सी
For Government Jobs
For Hospitality/Travel/Tourism Jobs
For IT Jobs
For Accounting Jobs
For jobs in Art and Films
अष्ट्रेलियामा कामका लागी ३० वेबसाइट
Jobs in Health and Community Organizations
For Education sectoral Jobs
अष्ट्रेलिया आउनासाथ काम पाउन यी तरिका अपनाउनुस्
Websites for Other Jobs
© Copyright 2018, All Rights Reserved. नेपालीपेजका कुनै पनि लेख वा अरू सामग्री पुन:उत्पादन वा प्रकाशनका लागी लिखित स्वीकृती अनिवार्य छ। अनधिकृत रूपमा कहिं कसैले प्रयोग गरेको भेटिएमा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडी बढाउने जानकारी गराउँदछौं।
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally
Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.
अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।