विद्यार्थी, माइग्रेसन एजेन्ट सहित अष्ट्रेलियन भिजा होल्डरको लेखा परिक्षण हुने

अष्ट्रेलियन ट्याक्सेसन अफिस (एटिओ)ले विभिन्न भिजामा अष्ट्रेलियामा रहेकाहरूको कर विवरणको लेखा परिक्षण फेरी सुरू गर्ने बताएको छ।डाटा म्याचिङ प्रोग्रामका रूपमा एटिओले गर्ने भनेको कर विवरणको लेखा परिक्षण तिन वर्षको हुनेछ। यसले दुई करोड भन्दा बढीसँख्याका विद्यार्थी, आप्रवासी विभिन्न अन्य भिजामा रहेका साथै उनीहरूलाई अष्ट्रेलिया आउन सघाउने माइग्रेसन एजेन्टहरूलाई समेट्ने छ। अष्ट्रेलियामा विभिन्न भिजामा रहेका सो संख्याका व्यक्तिहरुको विवरण उनीहरूले कर तथा संचयकोष (सुपरएनुएसन) सम्बन्धी व्यवस्थाको पालना गरे नगरेको जाँचका लागी गर्न लागिएको हो।

एटिओले सन् २०१७ को जुलाई देखी ३० जुन २०२० सम्मको तीन वर्षको अवधिमा भिजा पाएका व्यक्तिहरुको विवरणसँग उनीहरूले तिरेको कर त्यससँग जोडिएको संचयकोष दाखिला सही ढंगमा जम्मा भए नभएको परिक्षण गर्ने जनाएको कुरियर मेलले समाचार लेखेको छ। कुरियर मेलको समाचारमा आधारित भएर एसबीएसले एटिओको यो लेखा परिक्षणको योजनाले विदेशी लगानी सम्बन्धी नियमहरू गलत तरिकाले प्रयोग गर्नेहरूलाई पहिचानको सहजताका लागि माइग्रेसन एजेन्टहरूलाई समेत यो परिक्षण योजनाले समेट्ने उल्लेख गरेको छ। 

तीन वर्षिय लेखा परिक्षणले भिजा आवेदक तिनका प्रायोजक (स्पोन्सर)हरूको विगतको बसोबास (एड्रेस हिस्ट्री) साथै उनीहरूको अष्ट्रेलिया आगमन विदेश यात्रा (गमन) विद्यार्थीका रूपमा अष्ट्रेलिया आएको भए उनीहरूको शिक्षा प्रदायक (एजुकेसन प्रोभाइडर, कलेज वा युनि)का बारेका विवरण समेत समेट्ने एटिओ  बताएको छ।

एटिओले सबै भिजा वाहक उनीहरू विगत साथै शिक्षा बारेका सबै सूचनाको प्रमुख श्रोतका रूपमा अध्यागमन विभाग (डिपार्टमेन्ट अफ इमिग्रेसन एण्ड बोर्डर प्रोटेक्सन)लाई राखेको छ।विद्यार्थी, माइग्रेसन एजेन्ट सहित अष्ट्रेलियन भिजा होल्डरको लेखा परिक्षण हुने - NepaliPage

एटिओले यस अघि अध्यागमन विभाग (डिपार्टमेन्ट अफ इमिग्रेसन एण्ड बोर्डर प्रोटेक्सन)को भिजा सम्बन्धी विवरणसँग कर संचयकोष दाखिलाको विवरणको लेखा परिक्षण सन् २०१० मा समेत गरेको थियो। त्यतिखेर सन् २००८२००९ को विवरणको परिक्षण गरिएको थियो। यस भन्दा अघि सन् २०१३१४, २०१४१५, २०१५१६ २०१६१७ को यस्तै खालको लेखा परिक्षण तोकिएको लक्ष पुरा गर्न सफल भएको एटिओले उल्लेख गरेको छ। सोही परिक्षणको परिणाम स्वरूप एटिओले टिएफएन (ट्याक्स फाइल नम्बर) डिक्लेरेसन, एबीआर (अष्ट्रेलियन बिजनेस रजिस्टर) भेरिफिकेसन साथै संचयकोष दाखिलाका विभिन्न पक्षमा सुधार गर्न सकेको उल्लेख गरेको छ। यस्तैडाटा म्याचिङ प्रोग्रामकै फलस्वरूप विद्यार्थी लगायतकाटेम्पोररी भिजामा रहेकाहरूले  कामदार तथा कर्मचारीका रुपमा काम गर्नुपर्नेमा अवैध ढंगबाटकन्ट्रयाक्टरका रूपमाएबीएनलिएको खुलेको थियो।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …