अष्ट्रेलियामा भिजा अवधी नाघेर अवैध बस्ने ६४ हजार

अष्ट्रेलियाको अध्यागमन कानुन र त्यसको पालना कडा मानिएपनि पछिल्लो पटक सार्वजनिक भएको एक तथ्यांक भने अचम्म पार्ने खालको छ। अष्ट्रेलियाको अध्यागमन विभागको एक तथ्यांक अनुसार अष्ट्रेलियामा ६४ हजार भन्दा धेरै विदेशी नागरिक अवैध रूपमा बसिरहेका छन्। विभागको तथ्यांक अनुसार ती व्यक्तिहरू उनीहरूलाई अष्ट्रेलियामा विभिन्न प्रयोजनका लागि दिईएको भिजाको म्याद सकिएपछी पनि अष्ट्रेलियामा नै रहेका हुन्। भिजाका सर्त तथा अध्यागमन कानुन अनुसार भिजामा दिईएको म्याद भित्र नै ती व्यक्तिहरूले अष्ट्रेलिया छोडिसक्नुपर्ने थियो। यसरी भिजा सर्त अटेर गरेर ‘अोवर स्टे’ गर्नेहरू मध्ये करिब १२ हजार त २० वर्ष देखी बिना भिजा नै अष्ट्रेलियामा बसिरहेका छन्।

अष्ट्रेलियामा नेपाली विद्यार्थीको अनुभव हेर्नुस् यस्तो छ 

यसरी अवैध बस्नेहरूमा मलेशियनहरू ठूलो संख्यामा छन्, वर्ष २०१६-१७  को तथ्यांक अनुसार करिब १० हजार मलेशियन अष्ट्रेलियामा अवैध रूपमा बसिरहेका छन्। चिनियाँको संख्या ६५०० छ भने ५१७० अमेरिकन अष्ट्रेलियामा भिजामा तोकिएको समय भन्दा धेरै समय अष्ट्रेलियामा बसेको तथ्यांकमा देखिन्छ। अष्ट्रेलियन अध्यागमन विभागले हरेक वर्ष जुन ३० मा यसरी गैरकानुनी रूपमा अष्ट्रेलियामा बस्ने विदेशी नागरिकहरूको संख्या सार्वजनिक गर्ने गरेको छ। 

भिजा अवधी नाघेर अवैध बस्ने नेपालीको संख्या समेत एक हजारको हाराहारीमा रहेको अनुमान छ। विद्यार्थी भिजामा आएकाहरू पढाई, काम र जिवनशैलीलाई व्यवस्थित पार्न नसक्दा अवैध हुने गरेका छन्।

यहाँबाट हेर्नुस् अष्ट्रेलियाका विभिन्न राज्यमा नेपालको लाईसेन्सले यसरी सवारी चलाउन पाईन्छ 

 

अष्ट्रेलियामा यसरी अवैध बस्नेहरुमा ब्रिटिश, इन्डोनेशियन, भारतीयको संख्या पनि उल्लेख्य रहेको छ। ३७०० ब्रिटिश, २७८० इन्डोनेशियन र २७३० भारतीय गैरकानुनी रूपमा बसेको अध्यागमन विभागले संसदको एक सिनेट कमिटीलाई जुन ३० मा जानकारी गराएको क्यान्बेराटाइम्सले समाचारमा उल्लेख गरेको छ। गत आर्थिक वर्षमा अनुमानित ६४,६०० गैरकानुनी रूपमा बसिरहेका विदेशी नागरिक मध्ये १२,९६६ को स्थिती पत्ता लगाएको र तिनमा १७५० आवश्यक अनुमतिपत्र बिना नै काम गरेको अवस्थामा फेला परेका थिए।

यसरी भिजाको समयावधि भन्दा धेरै समय बस्ने ६४,६०० मध्ये पाँचहजार जना तिन महिना, करिब ११ हजार दुई देखी पाँच वर्ष र ६६०० जना १५ देखी २० वर्षको समय गैरकानुनी रूपमा बसेको अनुमान गरिएको छ। थप १२,०८० जना भने भिजा बेगर नै २० वर्ष र सो भन्दा धेरै समय गैरकानुनी रूपमा अष्ट्रेलियाका विभिन्न भागमा बसेको सिनेटलाई गराएको जानकारीमा उल्लेख छ।

अवैध बस्नेहरूमा करिब ४७,००० भिजिटर भिजामा आएका, ९६९० स्टुडेन्ट भिजामा आएका छन् भने माइग्रेन्ट (आप्रवासी) भिजामा आउनेको संख्या ७०० हाराहारीमा रहेको छ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …