यो हो अष्ट्रेलियाको नयाँ पीआर लिस्ट, नेपालबाटै पाउन सकिन्छ पीआर

विदेशी कामदारमाथिको भर हटाउने र अष्ट्रेलियनलाई रोजगारी श्रृजना गर्ने मालकम टर्नबुल सरकारको निर्णयले अष्ट्रेलियामा व्यापार, अध्ययन तथा कामका लागी आउने विदेशीहरु झस्किरहेको समयमा नयाँ वर्षको लागी अष्ट्रेलियन सरकारको दक्ष पेशाको सूचि सार्वजनिक भएको छ।
अष्ट्रेलियामा स्थायी बसोबासको अवसर खोज्नेका लागी लक्षित गरेर अष्ट्रेलिया सरकारले अार्थिक वर्ष २०१७-२०१८ का लागी दक्ष जनशक्तिको सूचि सार्वजनिक गरेको छ। जसमा मिडियम एण्ड लङ टर्म स्ट्राटेजिक स्किल्स लिस्ट (एमएलटीएसएसएल) र शर्ट टर्म स्किल्ड अकुपेसन लिस्ट (एसटीएसओएल) दुई खालका पेशा समावेश छन्। विद्यमान व्यवस्था अनुसार पछिल्लो सूचिमा रहेका पेशाका मानिसहरुले अष्ट्रेलियामा बढीमा ४ वर्ष बस्न र काम गर्न पाउँछन् तर उनीहरूको स्थायी आवास (पीआर) हुँदैन। सार्वजनिक भएको मिडियम एण्ड लङ टर्म स्ट्राटेजिक स्किल्स लिस्ट (एमएलटीएसएसएल) र शर्ट टर्म स्किल्ड अकुपेसन लिस्ट (एसटीएसओएल) यही वर्ष २०१७ को १ जुन देखी लागु हुनेछ।

अष्ट्रेलियाको लागि यो दक्ष पेशाको सूचि मात्र हो भने अष्ट्रेलिया बसाईं सर्न चाहनेका लागी यो पीआर लिस्ट नै हो। जसमा योग्यता पुगेका व्यक्तिले कम पैसा खर्च गरेर नै अष्ट्रेलिया माइग्रेट हुन सक्छन्। विद्यार्थी भिजामा अष्ट्रेलिया आउनु र पीआर लिनु भन्दा निक्कै सजिलो र कम खर्चको हुने भएकाले धेरैले यसलाई माध्यम बनाउने गरेका छन्। नेपालबाट नै सिधै अष्ट्रेलियाको पीआर लिएर आउनेहरूले यही सूचि र पेशाको आवश्यकता अनुसारको प्रक्रिया अपनाएर आउने हुन्।

यस्ता कोर्षमा छ अष्ट्रेलियामा भविष्य 

मिडियम एण्ड लङ टर्म स्ट्राटेजिक स्किल्स लिस्ट (एमएलटीएसएसएल) के हो?

मिडियम एण्ड लङ टर्म स्ट्राटेजिक स्किल्स लिस्ट (एमएलटीएसएसएल) भनेको अष्ट्रेलियाको अर्थतन्त्रलाई गतिशील राख्नका लागी आवश्यक दक्ष जनशक्ति र पेशाको सूचि हो। अष्ट्रेलियाले हरेक वर्ष उसको अर्थतन्रको गती, जनशक्तिको अवस्था र भविष्यको आँकलन गरेर अार्थिक वर्ष २०१७-२०१८ को लागी दक्ष जनशक्ति आप्रवासन (माइग्रेसन) कार्यक्रम अन्तर्गत यस्ता सूचिमा रहेका पेशाका दक्ष मानिसहरूलाई विश्वका विभिन्न देशबाट अष्ट्रेलियामा स्थायी बसोबासका लागी आउने अनुमति दिन्छ। केहि वर्ष अष्ट्रेलियामा बसेपछी र केही प्रक्रिया पुरा गरेपछी उनीहरूले अष्ट्रेलियाको नागरिकता समेत पाउँछन्। यद्यपी यस वर्ष अष्ट्रेलियाले नागरिकताको प्रावधानमा ठूलो परिवर्तन गर्न खोजेको देखिन्छ, यदी परिवर्तन भएको खण्डमा पीआर भएका धेरै नेपालीलाई नागरिकता लिन मुस्किल पर्नेछ।

यो सूचिमा रहेका पेशामा आवद्ध मानिसहरूले अष्ट्रेलियाको पीआर (स्थायी बसोबास अनुमति) पाउनका लागि निवेदन दिन सक्छन्। त्यसका लागी उनिहरूले अष्ट्रेलियन रोजगारदाता वा राज्य सरकारहरूको नामांकन(नोमिनेसन) हासिल गर्नु पर्दैन। व्यक्तिले आफ्नो दक्षता र क्षमताको आधारमा पीआर पाउने भएकाले अष्ट्रेलियामा अध्ययनको लागी आउने वा अष्ट्रेलियामा रहेका विद्यार्थीहरूले यो सूचिमा रहेका पेशा सम्बन्धि विषय पढ्ने वा अरू विषयमा पढ्नका लागी नेपाल (आफ्नो देश)बाट आएको भए विषय परिवर्तन गरेर सूचिमा रहेका पेशा सम्बन्धीत विषय रोज्ने गर्दछन्।

अष्ट्रेलियामा कोर्ष चेन्ज गर्नु अघि यस्ता कुरामा ध्यान दिनुस्

शर्ट टर्म स्किल्ड अकुपेसन लिस्ट (एसटीएसओएल) के हो?

शर्ट टर्म स्किल्ड अकुपेसन लिस्ट (एसटीएसओएल) अष्ट्रेलियाको विदेशी कामदारलाई छोटो समयको लागी अष्ट्रेलियामा आवश्यक जनशक्ति नपुगेर कामका लागि विदेशबाट दक्ष जनशक्ति झिकाउने कार्यक्रम अन्तर्गत अष्ट्रेलियाका व्यवसायलाई उपलब्ध आवश्यक पेशागत सूचि हो। हालै भएको अष्ट्रेलियाको माईग्रेसन सम्बन्धि परिवर्तनले यो सूचिमा रहेका पेशामा अष्ट्रेलियामा काम गर्न आएका मानिसहरू यहाँको पीआर लिएर बस्न पाउँदैनन्।

New occupation list announced for immigration intake 2017-18 - NepaliPage

ANZSCO के हो?

ANZSCO को पुरा रूप Australian and New Zealand Standard Classification of Occupations हो यसले पेशाहरूलाई उपयुक्त रूपमा वर्गीकरण गर्न र तीनको आवश्यकता वुझाउन सहयोग गर्छ। माथी रहेको अष्ट्रेलियाको दक्ष जनशक्तिको सूचि (स्किल्ड अकुपेसन लिस्ट (एसओएल) र कन्सोलिडेटेड स्पोन्सर्ड अकुपेसन लिस्ट (सिएसओएल) मा उल्लेख भएका ANZSCO कोडको माध्यमबाट तपाईंले उक्त पेशाको दक्षता जाँच (स्किल एसेस) कसरी गर्ने र कसले गर्छ साथै केके कागजात र कति पैसा लाग्छ थाहा पाउन सक्नुहुन्छ। यसलाई अष्ट्रेलियाले तपाईंको दक्षतालाई मान्यता दिएको रूपमा पनि बुझ्न सक्नुहुन्छ।

तपाईको पेशा तथा क्षेत्र कुन ANZSCO कोडमा पर्छ यहाँबाट जान्नुहोस्

तपाईको पेशा तथा क्षेत्रको स्किल एसेस कसरी र कसले गर्छ जान्न यहाँ गएर खोज्नुहोस्

नेपालबाटै पाउन सकिन्छ अष्ट्रेलियाको पीआर

नेपालमा धेरैले ख्याल नगर्ने अनि चर्चामा नआएको विषय हो नेपालबाटै पीआर आवेदन गर्ने कुरा। नेपालबाट धेरै अष्ट्रेलिया विद्यार्थी भिजामा आउने गर्दछन्। सजिलो र व्यापारका कारण यो जति चर्चामा छ सिधै नेपालबाट पीआर एप्लाई गर्ने कुरा त्यती नै छायाँमा छ। त्यसमा पनि नेपालमा अष्ट्रेलियाको रजिस्टर्ड माइग्रेसन एजेन्टको संख्या पनि कम छ र यसक्रममा हुने आमदानी पनि आकर्षक छैन। जति धेरै कमाई एजुकेशन कन्सल्टेन्सी चलाउँदामा हुन्छ। तर माथीको सूचिमा आफ्नो पेशा भएकाले अष्ट्रेलियाको अध्यागम तथा सीमा सुरक्षा विभाग (डिपार्टमेन्ट अफ इमिग्रेसन एण्ड बोर्डर प्रोटेक्सन) को वेबसाइटमा गएर आफ्नो योग्यता र पेशा अनुसाको कागजात बुझाएर यसको प्रक्रिया सुरु गर्न सक्छन्। त्यसका लागि माइग्रेसन एजेन्टको आवश्यकता पर्दैन। कुनै कागजात नपुगेको खण्डमा विभागले नै अावेदन दिनेलाई सूचित गर्दछ। बोर्डरको वेबसाइट यहाँबाट जानुस्।

अष्ट्रेलियाको पीआर बारे जान्न र थप कुराहरू बुझ्नको लागी नेपालीहरूको पीआर सम्बन्धी यो फेसबुक ग्रुपमा जोडिनुस् (यहाँ क्लिक गर्नुस्)

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध - NepaliPage

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध

अष्ट्रेलियामा बस्ने नेपालीहरूले बैंकिङ र वैध माध्यमबाट भन्दा बाहिरबाट नेपाल पैसा पठाउने गरेको कुरा कसैबाट …