स्वाद लिनै पर्ने सिड्नीका सात नेपाली रेष्टुरेन्ट

खाना र स्वादका लागी हामी नेपाली पनि विश्वका अरू देश र तिनका निवासी भन्दा कम छैनौं। नेपालमा रहेको जातिय, सांस्कृतिक अनि परम्परागत विविधताले गर्दा हाम्रो भात–भान्छाको स्वादमा पनि विविधता थपेको छ। जसले गर्दा तराई, पहाड र हिमालको समिश्रण हाम्रो खानाको थालीमा समेत पाउन सकिन्छ। जसले हाम्रो जिब्रो र ‘टेस्ट बड’हरूलाई धेरै मात्रामा सन्तुष्ट पारिरहेको हुन्छ। ‘नेपाली जहाँ जहाँ छन्, नेपाल त्यहाँ त्यहाँ छ…’ भने झैं नेपाली खाना पनि नेपालीसँगै मुग्लान पसिसकेको मात्र छैन कतिपय देशमा त राम्रो पहिचान नै बनाएको छ।

अष्ट्रेलियाको विविधताले भरिएको समाजमा नेपालीहरू आर्थिक समुन्नतिको बाटोमा हिंडिरहेको जातिमा गनिन्छन्। नेपाली विद्यार्थी र स्थायी बासिन्दाको संख्या बढ्दै जाँदा नेपालीको रेष्टुरेन्ट र ‘फंगसन सेन्टर’हरूको संख्या पनि बढिरहेको छ। साप्ताहिक रूपमा हुने जमघट र नेपालबाट कलाकार ल्याएर गरिने विविध कार्यक्रमहरूको कारण पनि यस्ता रेष्टुरेन्ट र ‘फंगसन सेन्टर’हरूलाई बढावा नै दिईरहेका छन्। हुन त साताभर काम गरेर सप्ताहन्तमा रमाउने यहाँको शैली नै हो। भविष्यको लागी खास धेरै चिन्ता लिनु नपर्ने अवस्थामा पुगेपछी रमझममा लाग्नु स्वभाविक पनि हो। नेपालीहरूको बाक्लिंदै गएको संख्याका कारण नेपाली रेष्टुरेन्ट र ‘फंगसन सेन्टर’हरूको व्यवसाय पनि फस्टाएकै छ।

त्यसो त नेपालीहरूले पीआरका लागी लिने बाटोले गर्दा पनि रेष्टुरेन्टको संख्या बढेको हो भन्नेहरु पनि छन् अष्ट्रेलियामा। पढाई भन्दा पनि रेष्टुरेन्टमा काम गर्ने, सेफ हुने र पीआर लिने एउटा ट्रेण्ड नै बसेको थियो नेपालीहरूको। यो बाटोबाट पीआर लिनको लागी अंग्रेजी पनि खास नचाहिने भएकाले ‘किचन ह्याण्ड’ बनेर छिर्ने र ‘सेफ’ बनेर निस्कने बढि छन् अष्ट्रेलियामा भन्छन् यहाँका नामी माईग्रेसन एजेन्टहरू नै। कारण जे भएपनि सिड्नी र अष्ट्रेलियाका मुख्य शहरमा खुलेका नेपाली रेष्टुरेन्टहरूले नेपाली खाना र नेपाल चाहिँ चिनाई रहेका छन्। यद्यपी ‘मेनु’मा हुने भारतीय खानाको लामो लिस्ट र नाममा जोडिने ‘हिमालय’ ‘पाकिस्तानी’ ‘बंगलादेशी’ ‘ईन्डियन कुजिन’ जस्ता शब्दहरूले बजारका लागि गर्नुपर्ने संघर्ष चैं देखाउँछन्। सिड्नीमा टिक्न बिक्न सक्नुपर्छ खुसीको कुरा हो नेपाली खाना टिकेका पनि छन् र बिकेका पनि छन्। आखिर स्वादको कुरा जो न हो।

यहाँ हामीले खाना र रेष्टुरेन्ट बारे आम मानिसहरूको प्रवृत्ती र अनुभवको अध्ययन गरेर वर्गीकरण गर्ने वेबसाइट तथा एप एल्पको सूचिमा माथिल्लो लहरमा रहेका सिड्नीका सात नेपाली रेष्टुरेन्टलाई समावेश गरेका छौं !

 

Top 10 Sydney restaurants for Nepalese cuisine - NepaliPage

The Muglan

Because of its location at World Square, the place is easily reachable and a must try if you are going with a group of people. It has good means for both vegan and non-vegan and the biryani is a must try. The place is especially known for its amazing use of herbs and spices.

116 Liverpool St
Sydney New South Wales 2000
Sydney

Nepalese Kitchen

Located in Surry Hills, New South Wales, this sure is a vegan paradise. Go and have a full banquet there and to top off the flavour, the restaurant serves amazing refreshing mango kulfis and tea.

481 Crown St
Surry Hills New South Wales 2010

Himalayan Char Grill

This restaurant serves unique Nepali cuisine in Glebe. It has a nice environment and being small sorroundings, sure gives the feeling of home. The place will appeal to students quiet much as there is a special 10 per cent discount for them.

41 Glebe Point Rd
Glebe New South Wales 2037

Top 10 Sydney restaurants for Nepalese cuisine - NepaliPage

Bhojan

You can get authentic Nepalese food in here for as low as $15 and trust us its sumptuous. The staff is friendly and standing true by its name, the place will bring memories of homeland.

93 Glebe Point Rd
Glebe New South Wales 2037

The Everest Kitchen

Try curry here and you will come back for more. The food is authentic to its very core and has something to please everybody. From vegetarian starter platter with amazing vegetable dumplings to Lamb and Goat curry, this is a must visit in Australia.

314 Victoria Rd
Marrickville New South Wales 2204

Sherpa Kitchen Nepalese Cuisine

The dishes are authentic and have some resemblance with typical Northern Indian cuisine so you just can’t lose here. The service quality is the real highlight of the place. So come and pamper yourself here.

165 King St
Newtown New South Wales 2042

Top 10 Sydney restaurants for Nepalese cuisine - NepaliPage

O!MOMO

Craving for momo? Located in Sydney, New South Wales, this is the place to be. A reasonably priced place with Nepalese dumpling, rice salads and many other options to choose from. You can spot this one at festivals like Northern Beaches Music Festival at Narrabeen.

World Bar
24 Bayswater Rd
Potts Point New South Wales 2011

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

यो पनि पढ्नुहोस्

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध - NepaliPage

हुण्डी गर्नेलाई हुनसक्छ कारवाही, बैंकिङ च्यानलबाट पैसा पठाउन राजदूतको अनुरोध

अष्ट्रेलियामा बस्ने नेपालीहरूले बैंकिङ र वैध माध्यमबाट भन्दा बाहिरबाट नेपाल पैसा पठाउने गरेको कुरा कसैबाट …