कलेज र कोर्ष चेन्ज: करिअरलाई दिनुस जोड

यूनि तथा कोर्ष चेन्ज गर्ने क्रममा कहिले काहीँ विद्यार्थीले सस्तो कोर्ष पढ्ने नाममा गलत छनौट गर्न पुग्छन् जसका कारण उनिहरूको भिजा समेत क्यान्सिल समेत हुनपुग्छकलेज र कोर्ष चेन्ज: करिअरलाई दिनुस जोड

नेपालमा जति आकर्षण हुन्छ अष्ट्रेलियाको त्यो भन्दा बढी चासो हुन्छ भिजा लाग्छ कि लाग्दैन। अनि आफुले चिनेका को को कुन कुन एजुकेशन कन्सल्टेन्सीबाट अप्लाई गरेर गएका हुन् त्यसको सोधी खोजी हुन्छ। अष्ट्रेलियाको स्टुडेन्ट भिजामा आफ्नो संभावना देखेपछी अनेकन कागजी प्रक्रिया पुरयाएर कन्सल्टेन्सीले सुझाएको विषय र विश्वविद्यालयमा भर्ना भई भिजा अप्लाईको चरणमा पुगिन्छ। भिजा पाएको सूचना जतिको स्वर्गिय आनन्द त केही हुँदैन त्यतीबेला। तर अष्ट्रेलिया आएपछी थाहा हुन्छ साथिभाई आफन्तका फेसबुकमा अपलोड गरिएका सुन्दर तस्वीर र हाईफाई देखिने ‘लाईफ’ सजिलो चैं छैन। सुरूका सेमेस्टको ‘फि’ र अचानक गर्नुपरेको ‘फिजिकल’ कामहरूको दबाबले पनि नेपालमा देखेको अष्ट्रेलियाको सुन्दर सपना घुर्मैलो लाग्छ। तर अष्ट्रेलियामा धेरै माईग्रेन्टहरूको सुरूवाती दिनहरू यसरी नै बितेको हुन्छ।

नेपाली मात्र होईन भारतीय, अमेरिकी अनि वेलायतबाट आएकै पनि विशेष दक्षता नभएकाहरूले गर्ने कामहरू उस्तै उस्तै नै हुन्छन्। धेरै ‘फिजिकल इन्गेजमेन्ट’हुने खालको। नेपालमा एजुकेशन कन्सल्टेन्सीका एजेन्टहरूले जसरी बयान गर्छन्, अनि उनीहरूको बयानका आधारमा पत्रपत्रिका, अनलाईन, म्यागेजिनहरूका चिल्ला पेजमा जसरी चिल्ला कुरा छापिन्छन् त्यस्तै चाही अलिक हुँदैन अष्ट्रेलियाको सुरूवाती दिनहरू। नेपालमा धेरै हल्ला गरिने जति दुखद पनि हुँदैन। केही अप्ठेरो हुन्छ असहज लाग्छ तर अष्ट्रेलियाको बसाईंमा आफ्नो लक्ष अनुसारको गति दिने हो भने दुई चार वर्षको खटाईले निक्कै राम्रो भविष्य भने देखाउँछ। तर धेरै विद्यार्थीहरूले अष्ट्रेलिया आईसकेपछी सुरू हुने संगत सँगै नेपालबाट आउँदाको आफ्नो लक्ष र योजनालाई नै बिर्सिदिन्छन्।

साथीभाईको लहैलहैमा अनि सस्तो हुने बहानामा यूनि तथा कोर्ष चेन्ज गर्ने गरिन्छ। तर यो क्रममा विद्यार्थीले यो सोच्दैन कि उसको यहाँको पढाई र कोर्षले नै अष्ट्रेलियामा उसको भविष्य निर्धारण गर्छ।

समुदाय र साथीभाईको सर्कलमा आयोजना हुने पार्टी, सिनेमा प्रदर्शन, मेलाहरूमा सहभागीता सँगै बढ्ने अष्ट्रेलियन सम्पन्नता र फेसनको आकर्षणका कारण विद्यार्थीको ध्यान पढाईमा कम अनि काम र पैसामा धेरै हुनजान्छ। पार्टीमा ठाँटिएर अनि यहाँ प्रदर्शन हुने जुन कुनै पनि फिल्म हेर्न पुग्नेहरू कलेज र युनिभर्सिटीको क्लासमा जानको लागी कामलाई बहाना बनाउन थाल्छन्। त्यहीँबाट सुरू हुन्छ विभिन्न विषयमा फेल हुने क्रम अनि कलेज र कोर्ष नै ‘चेन्ज’ गर्ने कुरा। साथीभाईको लहैलहैमा अनि सस्तो हुने बहानामा यूनि तथा कोर्ष चेन्ज गर्ने गरिन्छ। तर यो क्रममा विद्यार्थीले यो सोच्दैन कि उसको यहाँको पढाई र कोर्षले नै अष्ट्रेलियामा उसको भविष्य निर्धारण गर्छ। कतिको लागि बहाना हुन्छ ‘पीआर लिष्टमा नै छैन’ (अष्ट्रेलियाको स्किल्ड अकुपेसन लिस्ट एसओएललाई पीआर लिस्ट भनेर बुझ्ने चलन छ)। तर यो कुनै बहाना हुन सक्दैन, अष्ट्रेलियामा स्टुडेन्ड भिजामा आउने विद्यार्थीले नेपालमा हुँदा नै अष्ट्रेलियाको जनशक्ति बजार, माग र आफ्नो संभावना बुझेर अध्ययन गरेर आउनुपर्छ। अाएको हुन्छ। र, नेपालबाट आउँदाको विषय पीआर लिस्टमा रहेनछ र कोर्ष परिवर्तन गर्ने हो भने पनि करिअर योजनालाई ध्यानमा राखेर विषय छान्नुपर्छ, कम्तिमा पनि आफ्नो पृष्ठभूमिले ‘सपोर्ट’ गर्ने विषय छानेर पढेको खण्डमा त्यसले अष्ट्रेलियाको बसाईंलाई सजिलो बनाउँछ। नत्र पीआरको लागी भन्दै आफ्नो ग्यान नभएको र क्षमताले नै नभेट्ने विषय सस्तो कलेजमा पढेर ७-८ वर्ष देखी सिड्नीमा काम र कारको चक्करमा दौडिईरहेकाको पनि कमी छैन। यसखालको दौडाई र खटाईले देखाउने भविष्य भनेको क्लिनिङ र हाउस किपिङको सब-कन्ट्रयाक्टर अनि सुपरभाईजर मात्र हो।कलेज र कोर्ष चेन्ज: करिअरलाई दिनुस जोड

अष्ट्रेलियामा सुरूका दुई वर्ष मुस्किलले काम गरेर भविष्य सजिलो बनाउने कि सुरूका केही महिना सजिलो बनाउने सुरमा जिन्दगीका ४०-५० वर्ष मुस्किलमा पार्ने!

अष्ट्रेलियाको पीआर र नागरिकता पाउनुलाई जिवनको ठुलो सफलता ठानेर फेसबुकमा गम्किनेहरू त्यसरी नै अफिसमा गम्किने वातावरण बन्न नसक्नुको कारण सही विषयको छनौट नै हो। यूनि तथा कोर्ष चेन्ज गर्ने क्रममा कहिले काहीँ विद्यार्थीले सस्तो कोर्ष पढ्ने नाममा गलत छनौट गर्न पुग्छन् जसका कारण उनिहरूको भिजा समेत क्यान्सिल समेत हुनपुग्छ। भने एजुकेशन कन्सल्टेन्सीले समेत सस्तो पर्ने नाममा विद्यार्थीलाई धेरै कमिसन मिल्ने सस्तो फी भएको तर भविष्य खासै नभएको ‘अप्सन’ सिफारिस गरिदिन्छन्। सुरूमा हेर्दा सस्तो लागे पनि सुरूमा अष्ट्रेलिया आउँदा पढेको विषय र युनिभर्सिटीको ‘फी’ साथै अरू ‘इन्सोरेन्स’, भिजा थप्नुपर्ने अवस्था लगायतको हिसाब गर्दा कोर्षहरू खासै सस्तो पर्दैन हुन त सिधा सिधा ‘फी’को अंक हेर्दा चाहीँ सस्तो देखिन्छ। उदाहरणको लागी ‘वेस्टर्न सिड्नी युनिभर्सिटी’मा ‘अकाउन्टिङ’ पढ्ने विद्यार्थीले युनिभर्सिटी चेन्ज गरेर ‘सनसाइनकोस्ट’ वा ‘न्युक्यासल’ वा ‘केओआई’ जाँदा ‘ट्युसन फी’को अंकमा सानो तलमाथि देखिन्छ तर पुरै प्याकेजमा एक हजार डलर जतिको मात्र फरक परेको हुन्छ तर वेस्टर्न सिड्नी युनिभर्सिटीबाट ग्र्याजुएट भएकोले पढाई अनुसारको जागिर पाउने सम्भावना निक्कै धेरै हुन्छ जबकी ‘केओआई’का धेरे ग्र्याजुयटको भविष्य क्लिनिङ र हाउस किपिङको सब/कन्ट्रयाक्टर वा सुपरभाईजर भएको धेरै देखेको छौं। त्यसैले अष्ट्रेलिया आईसक्नु भएको छ, पढेको कोर्ष अनि यूनि चेन्ज गर्नु अघि यस विषयमा ध्यान दिनुस्। अष्ट्रेलियामा सुरूका दुई वर्ष मुस्किलले काम गरेर भविष्य सजिलो बनाउने कि सुरूका केही महिना सजिलो बनाउने सुरमा जिन्दगीका ४०-५० वर्ष मुस्किलमा पार्ने!

 

[divider style=”solid” top=”20″ bottom=”20″]

© Copyright 2018, All Rights Reserved. नेपालीपेजका कुनै पनि लेख वा अरू सामग्री पुन:उत्पादन वा प्रकाशनका लागी लिखित स्वीकृती अनिवार्य छ। अनधिकृत रूपमा कहिं कसैले प्रयोग गरेको भेटिएमा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडी बढाउने जानकारी गराउँदछौं।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

बढ्दैछन्, एज्ड केयरमा जासुसी क्यामेरा राख्ने - NepaliPage

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई धेरै समय काम गर्न दिने

एज्ड केयर, डिज्याबिलीटी, हेल्थ केयर र फार्ममा काम गर्ने विद्यार्थीहरूले पढाईसँगै पाक्षिक ४० घण्टा भन्दा …