मोबाईलमा सेभिङ: कुन मोबाईल लिने?

मोबाईल प्लान लिँदा अन्तर्राष्ट्रिय कल मिनेटलाई मात्रै नि जोड नदिनुस्। तपाईंले धेरै फोन गर्नुपर्ने अष्ट्रेलिया भित्रै हो जुन प्राय सबै अपरेटर र प्लानमा अनलिमिटेड दिएको हुन्छ। नेपालमा कुराकानी गर्नका लागी त फेसबुकको मेसेन्जर, भाईबर, स्काइप छँदैछन्।

मोबाईलमा सेभिङ: कुन मोबाईल लिने?
मोबाईल फोन लिने सन्दर्भमा सकेसम्म कुनै पनि प्लानमा एक वा दुई वर्ष सम्म नबाँधिनु राम्रो कुरा हो। यसो गर्दा सस्तोमा सेवा लिन सकिन्छ।

अष्ट्रेलियामा आउना साथ हरेकले किन्ने कुरा भनेको सायद मोबाईल फोन नै होला। यहाँ आईसकेपछीको पहिलो आवस्यकता पनि यही हो। सम्पर्कको माध्यम त चाहियो नि। धेरै जसो नेपालीहरूले फेरी मोबाईल लिने भनेको भोडाफोनको नै हो। आफन्त साथीभाईले भोडाफोन लिएको कारण पनि धेरै नेपालीको रोजाई र किनाईको फोनसेवा बनेको छ भोडाफोन। भोडाफोन टु भोडाफोन फोन गर्दा पैसा नलाग्ने नेपाल फोन गर्न पनि राम्रै मिनेट दिने भएकाले पनि धेरैलाई भोडाफोन लिनु फाईदाकै कुरा छ। डाटा पनि प्याकेज अनुसार धेरैको आवश्यकतालाई पुरा गर्ने खालको नै पाईन्छ।

यहाँबाट हेर्नुस अष्ट्रेलियाका मोबाईल सेवा प्रदायक र ब्राण्डको सूचि

नेपालमा गर्व र शानको प्रतिक नै मानिने भएकाले यहाँ आएपछी आईफोन नलिने भन्ने त कुरै भएन। मोबाईल फोन लिने मध्ये पनि धेरैको हातमा आईफोन नै हुन्छ। कारण सबैलाई थाहा छ। फेरी अष्ट्रेलियामा मोबाईल लिनुअघी नै नेपालमा जस्तो त्यसको सबै मूल्य चुकाईहाल्नु पर्छ भन्ने छैन। महिनै पिच्छे फोनको प्लानको शुल्कसँगै मोबाईल सेवा प्रदायक (भोडाफोन बाहेक टेलष्ट्रा, अप्टस र अरू पनि)ले बैंक खाताबाट नै काटिहाल्छन्। जसले गर्दा मासिक किस्तामा तिर्ने भएपछी फोन किन्दा पैसा खर्च भएको जस्तो पनि लाग्दैन। त्यसमा पनि नेपालमा साथीभाईले आईफोन बोक्छ भन्ने थाहा पाउँदा बढ्ने शान पनि बेग्लै छ। कतिपयले त एउटा फोनको इन्सुरेन्स गरेर केही महिला पछि हराएको क्लेम गरेर नेपालमा दाजुभाई वा आफन्तलाई पठाउने पनि गर्दछन्। यसरी पठाउने करिब करिब सबै जसो यूरोप, अमेरिका बाहेकका देशका मानिसहरू छन्। अष्ट्रेलियामा नै बसोबास गरेका नेपाली फरक हुने त कुरै भएन।

सामान्यतया मोबाईल फोनको सेट, प्लान गरेर मासिक एकजनाको ७५ डलर जति खर्च हुन्छ। (कतिको कस्तो प्लान लिएको छ त्यसमा भर पर्छ यहाँ एभरेजको कुरा गरेको) प्लान र मोबाईल सेट समेत गरेर। त्यसमा थप डाटा वा फोन गरियो भने त लाग्ने थप शुल्क छुट्टै छ। अष्ट्रेलिया आउनासाथ धेरैलाई कस्तो प्लान ठिक हुन्छ आफ्नो आवश्यकता के हो र कुन लिने भन्ने कुरामा अलिक धेरै नै कन्फ्युजन हुन्छ। साथीभाई वा आफूलाई अष्ट्रेलियामा जसले सुरूका पाइला चाल्न सिकाएको हुन्छ उसैको सल्लाह अनुसार फोनको प्लान खरिद गरिन्छ। पछी थाहा हुन्छ आफुले ७० डलर तिरेको प्लानमा भएको जति सुविधा त २५ को प्लानमा नै पाईने रहेछ। यस्तो हुँदा कम्ता थकथकी हुँदैन लाग्ने भन्दा धेरै तिर्नुपरेकोमा। त्यसैले अष्ट्रेलिया भरखरै आएका वा आउने तयारीमा रहेकाहरूले नेपालबाट नै यसका बारेमा पनि योजना बनाएर आउनु ठीक हुन्छ।

मोबाईलमा सेभिङ: कुन मोबाईल लिने?
पछिल्लो समय प्रिपेड मोबाईलमा नि धेरै डाटा र कल सुविधा उपलब्ध हुन थालेको छ। उदाउँदो अनलाइन सपिंङ साइट कोगानको यो मोबाइल प्लान एउटा उदाहरण मात्र हो।

अष्ट्रेलिया आउने र सेटल हुने सोचमा हुनुहुन्छ, नेपालबाट हिँड्नु अघि कम्तिमा यहाँको दैनिकी, आवश्यकता र खर्चको बारेमा सामान्य जानकारी लिएर त्यस अनुसारको आफ्नो आर्थिक रणनीति बनाएर आउनु होस्। यहाँको कामको वातावरण बुझेर आउनुस्। यो तपाईं आफैले गर्नुपर्ने कुरा हो, अष्ट्रेलियामा रहेका तपाईंका आफन्त वा साथीभाईले विरलै यसबारेमा कुरा गर्छन्।

अष्ट्रेलियामा आउने तयारी गर्नु अघि कम्तिमा यी वेबसाईट हेरेर आउनुस

नयाँ मोबाईल सेट नलिई आफ्नै मोबाईल फोन सेटमा सीममात्र लिएर चलाउने हो भने मोबाईलमा हुने मासिक खर्च जोगाउन पनि सकिन्छ। सीम मात्रको प्लान किन्ने हो भने फोनमा उपलब्ध हुने डाटा र कल सुविधाले अष्ट्रेलिया भर फोन गर्न, इन्टरनेट चलाउन र नेपाल लगायत अरू देशमा फोन गर्न थोरै पैसामा नै सकिन्छ। किनभने यहाँ मोबाईल सेवा दिने कम्पनि र मोबाइल ब्राण्ड धेरै छन्। ग्राहक तान्नको लागी प्रतिस्पर्धा नि चर्को छ। त्यसैले सिम मात्र लिन पनि प्लानमा नै लिनु पर्छ भन्ने छैन। महिना महिनामा तिर्ने गरी ‘मन्थ टु मन्थ’ खालको र प्रिपेड प्लानमा पनि जान सकिन्छ। यसरी जाँदा उस्तै परे प्लानमा भन्दा सस्तोमा महिनाभर फोन गर्न र इन्टरनेट चलाउन सकिन्छ।

मोबाईल फोन लिने सन्दर्भमा सकेसम्म कुनै पनि प्लानमा एक वा दुई वर्ष सम्म नबाँधिनु सबैभन्दा राम्रो कुरा हो। मोबाईल सेट लिनुपर्ने छैन भने प्लानमा नजाँदा नै राम्रो। यदी नयाँ फोन नै लिन छ भने पनि फोन पसल (स्टोर)बाट पनि मासिक किस्तामा फोन लिन सकिन्छ। यसो गर्दा सस्तोमा सेवा लिन त सकिन्छ नै मोबाइल सेवा प्रदायक फेर्न पनि सकिन्छ, एउटैमा बाँधिनु पर्छ भन्ने हुँदैन। एक प्रकारले स्वतन्त्रता नि हो यो। यसले आर्थिक लाभ पनि दिन्छ।

यदी तपाईंको सोच र स्कुलिङ मेरो जस्तै ‘गर्नु काम जोगाउनु दाम’ हो भने यसो गर्नुस सस्तोमा फोन चलाउन पनि सकिन्छ।

• मोबाईल सेट नेपालमा चलाएकै ल्याउनुस। अष्ट्रेलियामा खर्च हुने र गर्नुपर्ने धेरै कुरा र क्षेत्र छन्। पैसा जोगिन्छ भने जोगाउने तिरै लाग्नुस्। नेपालमा भएको फोनले यहाँ राम्रैसँग काम गर्छ।
• सिम मात्र प्लानमा लिनुभयो भने १२ वा २४ महिना सम्म एउटै कम्पनि वा सेवामा बाँधिएर बस्नुपर्दैन।
• मोबाईल लिनु अगाडी एक पटक आफ्नो आवश्यकता र बजारमा उपलब्ध सेवा र मूल्य बारे जानकारी लिएर मात्र सिम वा मोबाईल प्लान लिनुस। श्रीमान् श्रीमती दुई जना आउनु भएको छ भने दुवै जनाले प्लानमा फोन लिनुपर्छ भन्ने छैन।
• प्लानमा फोन लिन लाग्नु भएको छ भने सकेसम्म थोरै मासिक शुल्क भएको नै छान्नुस्।
• मोबाईल प्लान लिँदा अन्तर्राष्ट्रिय कल मिनेटलाई मात्रै नि जोड नदिनुस्। तपाईंले धेरै फोन गर्नुपर्ने अष्ट्रेलिया भित्रै हो जुन प्राय सबै अपरेटर र प्लानमा अनलिमिटेड दिएको हुन्छ। नेपालमा कुराकानी गर्नका लागी त फेसबुकको मेसेन्जर, भाईबर, स्काइप छँदैछन्।
• अष्ट्रेलियामा धेरै मोबाईल ब्राण्ड छन्, हरेकले हरेक महिना नयाँ नयाँ अफर ल्याई रहेका हुन्छन्। ‘प्रिपेड’ वा ‘मन्थ टु मन्थ’ प्लान लिनुभयो भने सस्तो अफरमा तुरुन्त सर्न सकिन्छ। जसले गर्दा अरूले प्लानमा ७० डलरमा पाएको भन्दा राम्रो सुविधा १५ डलरमा पनि पाउन सकिन्छ।
• अष्ट्रेलियामा धेरै यस्तो अनलाइन टुल र वेबसाइट छन् जहाँ तपाईंले मोबाईल प्लान बीच तुलना गर्न सक्नुहुन्छ। किन्नुभन्दा पहिले यस्ता वेबसाईटमा तुलना गर्न नबिर्सनुस्।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

यी हुन् नेपालका आधिकारीक रेमिट कम्पनी - NepaliPage

ध्यान दिनुस दशैंमा पैसा पठाउँदा

मेलबर्न र तासमानियामा एक यस्तै ‘हुण्डी’ संचालकले विभिन्न व्यक्तिबाट उठाएर करिब चार लाख डलर पचाईदिएको कुरा त फेसबुकमा छ्यालब्याल नै भईसकेको कुरा भयो। त्यसैले यदी आफू त्यस्तो ठगिनेको सूचिमा पर्न छैन पैसा गुमाउनु छैन भने दशैंमा नेपाल पैसा पठाउँदा अलिक बढी विचार गर्नु र राम्रो ‘रेमिट’ कम्पनी छान्नु बुध्दिमानी हुन्छ। ‘हुण्डीमा रेट राम्रो छ’, ‘फलानोले नि यसैबाट पठाईराको हो’ भन्ने हो भने चाहिँ सबैले भन्न सक्ने भनेको ‘राम राम’ मात्र हो।