टेक्नोलोजी

सस्तो मोबाईल प्लान, १० डलरमा १ जिबी डाटा अनलिमिटेड कल

अष्ट्रेलिया आएपछी पैसा कमाउनमा जोड भएपनि जोगाउनमा हामी खासै ध्यान नै दिँदैनौं। सित्तैमा हुने भिजा अप्लाई गर्न समेत २५० देखी ७५० सम्म खर्च गर्छौं किनकी हामीलाई त्यसमा लाग्ने समय नै छैन। सिफ्टको मुस्किलले हुने २०० डलरकै पछी लाग्नमा हतार हुन्छ र सानो कामको लागी दुई देखी तिन दिनको कमाई फाल्छौं। मोबाईल लिने भनेपछी हामी धेरैले ‘भोडाफोन’को प्लानमा आईफोन समातिहाल्छौं। पहिले …

Read More »

यो हो अष्ट्रेलियाको सबैभन्दा राम्रो मोबाईल

अष्ट्रेलियामा मोबाईल सेवा राम्रो छ उत्कृष्ठ छ अनि अर्को सबैभन्दा राम्रो भनेको छनौटको अवसर पनि धेरै छ। नेपालमा पो हामीसँग एनटीसी र एनसेल मात्र थिए त। एनटीसीको सेवा नै खराब, एनसेल चलायो बढी पैसा काटिने पैसा सक्किएर तनाब। यहाँ नेपालमा जस्तो तनाब नभए पनि आफ्नो आवश्यकता पहिचान गरेर सही मोबाईल प्लान छनौट गरेन भने चैं पैसा बेकारमा धेरै खर्च हुन्छ। त्यसो त अरूले ५० डलरमा पाएको जति सुविधाका लागी ८० देखी १०० डलर महिना सम्म तिर्नुपर्ने हुनसक्छ त्यो पनि एक वा दुई महिनाको लागी होईन दुई वर्ष अर्थात् २४ महिना सम्मको लागी। किनकी तपाईं हामी धेरैलाई आईफोन चाहिएको छ अनि त्यसको लागी सबैभन्दा सजिलो भनेको भोडाफोन वा टेलष्ट्राको प्याकेज किन्नु हो। सुरूमा कत्तिपनि पैसा तिर्नु नपर्ने भएकाले सबैका लागी आईफोन वा सामसुङकै पनि नयाँ र भरखर आएको फोन लिने अवसर पनि हो यो। त्यसमा पनि नेपालबाट अष्ट्रेलिया अष्ट्रेलिया आईसकेपछी आइफोन पनि लिएन भने! सक्केन। नेपालबाट आएका साथीभाईलाई यहाँका आफन्त, साथीभाईले पनि भोडाफोन लि न भनि हाल्छन, कतिले सँगै लगेर किन्न सहयोग नि गर्छन्। त्यसरी नेपालबाट आएकालाई भोडाफोन किन्न सिफारिस गरेर सँगै जानेलाई स्टोरले २० डलर जतिको सामान गिफ्ट पनि दिन्छ। अर्को भनेको एसीएनका आईबीओ बनेका सिड्नी अिन अष्ट्रेलियामा केही समय देखी बसेका दाजुभाईले केही थप डाटा र सुविधाका साथ आफुबाट भोडाफोन ज्वाइन गर्न नि सुझाव दिन्छन्। सिधै भोडाफोनको स्टोरमा जानुभन्दा एसीएनका आईबीओबाट फोन लिन अलिकति फाईदाको देखिन्छ।

Read More »

स्कल्पचर सम्झना साँच्ने साधन !

यो आलेख प्रबद्धनात्मक हो ! आलेखमा उल्लेखित व्यवसायका लागी नेपालीपेज विज्ञापन साझेदार हो सन्तान सुख, संसारमा नारी र पुरूष दुवैले अनुभव गर्ने सुखहरूमा सर्वोत्तम सुख यही नै हो। भरखर भरखर बाबु आमा बनेकालाई थाहा र अनुभव हुन्छ कस्तो हुन्छ दोस्रो पुस्ता संसारमा आउँदाको खुसी अनि मानसिकता। ‘साउँको भन्दा ब्याजको माया’ त्यसै समाजमा जमेको भनाई होईन। बाबु अनि आमा बनेकाहरूलाई हेर्नुस् …

Read More »

मोबाईलमा सेभिङ: कुन मोबाईल लिने?

अष्ट्रेलियामा आउना साथ हरेकले किन्ने कुरा भनेको सायद मोबाइल फोन नै होला। यहाँ आईसकेपछीको पहिलो आवस्यकता पनि यही हो। सम्पर्कको माध्यम त चाहियो नि। धेरै जसो नेपालीहरूले फेरी मोबाईल लिने भनेको भोडाफोनको नै हो। आफन्त साथीभाईले भोडाफोन लिएको कारण पनि धेरै नेपालीको रोजाई र किनाईको फोनसेवा बनेको छ भोडाफोन। भोडाफोन टु भोडाफोन फोन गर्दा पैसा नलाग्ने नेपाल फोन गर्न पनि राम्रै मिनेट दिने भएकाले पनि धेरैलाई भोडाफोन लिनु फाईदाकै कुरा छ। डाटा पनि प्याकेज अनुसार धेरैको आवश्यकतालाई पुरा गर्ने खालको नै पाईन्छ। नेपालमा गर्व र शानको प्रतिक नै मानिने भएकाले यहाँ आएपछी आईफोन नलिने भन्ने त कुरै भएन। मोबाईल फोन लिने मध्ये पनि धेरैको हातमा आईफोन नै हुन्छ। कारण सबैलाई थाहा छ। फेरी अष्ट्रेलियामा मोबाईल लिनुअघी नै नेपालमा जस्तो त्यसको सबै मूल्य चुकाईहाल्नु पर्छ भन्ने छैन। महिनै पिच्छे फोनको प्लानको शुल्कसँगै मोबाईल सेवा प्रदायक (भोडाफोन बाहेक टेलष्ट्रा, अप्टस र अरू पनि)ले बैंक खाताबाट नै काटिहाल्छन्। जसले गर्दा मासिक किस्तामा तिर्ने भएपछी फोन किन्दा पैसा खर्च भएको जस्तो पनि लाग्दैन। त्यसमा पनि नेपालमा साथीभाईले आईफोन बोक्छ भन्ने थाहा पाउँदा बढ्ने शान पनि बेग्लै छ। कतिपयले त एउटा फोनको इन्सुरेन्स गरेर केही महिला पछि हराएको क्लेम गरेर नेपालमा दाजुभाई वा आफन्तलाई पठाउने पनि गर्दछन्। यसरी पठाउने करिब करिब सबै जसो यूरोप, अमेरिका बाहेकका देशका मानिसहरू छन्। अष्ट्रेलियामा नै बसोबास गरेका नेपाली फरक हुने त कुरै भएन। सामान्यतया मोबाईल फोनको सेट, प्लान गरेर मासिक एकजनाको ७५ डलर जति खर्च हुन्छ। (कतिको कस्तो प्लान लिएको छ त्यसमा भर पर्छ यहाँ एभरेजको कुरा गरेको) प्लान र मोबाईल सेट समेत गरेर। त्यसमा थप डाटा वा फोन गरियो भने त लाग्ने थप शुल्क छुट्टै छ। अष्ट्रेलिया आउनासाथ धेरैलाई कस्तो प्लान ठिक हुन्छ आफ्नो आवश्यकता के हो र कुन लिने भन्ने कुरामा अलिक धेरै नै कन्फ्युजन हुन्छ। साथीभाई वा आफूलाई अष्ट्रेलियामा जसले सुरूका पाइला चाल्न सिकाएको हुन्छ उसैको सल्लाह अनुसार फोनको प्लान खरिद गरिन्छ। पछी थाहा हुन्छ आफुले ७० डलर तिरेको प्लानमा भएको जति सुविधा त २५ को प्लानमा नै पाईने रहेछ। यस्तो हुँदा कम्ता थकथकी हुँदैन लाग्ने भन्दा धेरै तिर्नुपरेकोमा। त्यसैले अष्ट्रेलिया भरखरै आएका वा आउने तयारीमा रहेकाहरूले नेपालबाट नै यसका बारेमा पनि योजना बनाएर आउनु ठीक हुन्छ।

Read More »